Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

१३ प्रतिशत भ्याटलाई झारेर १० प्रतिशतमा झार्नुपर्ने उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालको माग


नया सडक

२०८१, जेठ २ बुधबार

  • 708
    Shares

  • १३ प्रतिशत भ्याटलाई झारेर १० प्रतिशतमा झार्नुपर्ने उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालको माग

    काठमाडौं । १३ प्रतिशत भ्याटलाई झारेर १० प्रतिशतमा झार्नुपर्ने बताउँदै  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई सम्बोधन गरेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

     सरकारले ल्याएको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रत्साहन दिने खालको भएको  बताउँदै  अध्यक्ष  ढकालले अब आउने बजेट हतोत्साहित हुने गरी आउन नहुने बताए ।

    १४ निकाय एकल बिन्दु सेवामा बसेर मुलुकभरि व्यावसायिक वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउँदै   उनले राजनीतिक स्थिरता नहुदा कर्मचारी सरुवा हुने प्रचलन बढेको पनि बताए । कम्तीमा २ वर्ष कर्मचारी सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताउँदै ढकालले लगानीकर्ताको मनोबल बढाउन १ सयभन्दा बढी रोजगारी दिने गरी स्थापना भएका उद्योग व्यवसायलाई प्राथमिकता राख्नुपर्ने बताए ।

    आयात प्रतिस्थापन र उत्पादनमुलुक उद्योगलाई ५ वर्षसम्म ५० प्रतिशत विद्युत महसुल छुट दिनुपर्ने उनको भनाइ छ ।

    अध्यक्ष ढकालले मौद्रिक र वित्त नीतिबीच तालमेल हुनुपर्ने बताए । तिनै तहमा लाग्ने कर फरक भए पनि बुझाउनुपर्ने ठाउँ एउटै हुनुपर्ने उनको भनाइ छ । सबै भन्सारमा एक्सरे मेसिन जडान गर्नुपर्ने उनको माग छ ।

    उनले जलविद्युत आयोजनामा ५० प्रतिशत छुटको व्यवस्थालाई निरन्तरता दिनुपर्ने, खनिज र नदीजन्य पदार्थ निर्यातको व्यवस्थालाई बजेटमा स्पष्ट पार्नुपर्ने, नेपाली सिमेन्ट उद्योगले सिमेन्ट निर्यात गर्न थालेकाले सडक बाटो पनि ढलान गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस