Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

युरोपियन युनियनमा निर्यात विस्तार गर्न  वातावरण बनाउन उद्योग मन्त्री भण्डारीलाई आग्रह


नया सडक

२०८१, जेठ २ बुधबार

  • 534
    Shares

  • युरोपियन युनियनमा निर्यात विस्तार गर्न  वातावरण बनाउन उद्योग मन्त्री भण्डारीलाई आग्रह

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन आयोगकी  उपनिर्देशक मिरियाम फेरानबीच बुधबार विविध विषयमा छलफल भएको छ ।काठमाडौंको सोल्टी होटलमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले गर्दै आएको सहयोगको प्रशंसा गरेका हुन् ।

    नेपाल र युरोपियन युनियनबीच सम्बन्धको सन् १९७४ देखि घनिष्ठ सम्बन्ध रहिआएको छ । युरोपियन युनियनसँगको साथ र सहकार्यलाई नेपाल सरकारले उच्च प्राथमिकता दिने गरेको छ ।लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको आवश्यकता एवं औचित्यका विषयका बारे नेपाल र युरोपियन युनियनको साझा धारणा रहेको बताउँदै मन्त्री भण्डारीले साझा लक्ष्यका रुपमा रहेका दिगो विकासका लक्ष्य प्राप्त गर्न र विश्वव्यापी रहेका महामारी एवं जलवायु परिवर्तन जस्ता विभिन्न संकटलाई सम्बोधन गर्नका निम्ति बहुक्षेत्रीय सहायताको बढ्दो आवश्यकता रहेको उपनिर्देशक समक्ष उल्लेख गरे ।

    नेपाल अल्पविकसित राष्ट्रको स्तरबाट विकासशील राष्ट्रको स्तरमा सन् २०२६ सम्ममा स्तरोन्नति हुने जमर्को गरिरहेको छ ।  यस ऐतिहासिक रुपान्तरणलाई दिगो बनाउन नेपाल सरकारलाई विभिन्न विकास साझेदारहरुका साथै युरोपियन युनियनबाट प्राविधिक र आर्थिक सहयोग आवश्यकता रहेको मन्त्री भण्डारीले बताए ।

    सो क्रममा उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले उद्योगमन्त्री भण्डारीलाई नेपाली वस्तु युरेपियन मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गरिन् । 

     

    प्रतिक्रिया दिनुहोस