Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छः उपराष्ट्रपति

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छः उपराष्ट्रपति

  •  

     

    काठमाडौँ ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्ने तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

     

    सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।

     

    “वैदेही, जनकनन्दिनी, जनकदुलारी, जानकी मातालगायत विभिन्न नामले सम्बोधन गरिने माता सीता हाम्रा राष्ट्रिय विभूति हुनुहुन्छ, उहाँको जयन्ती देशभरिका रामजानकी मन्दिरहरुमा विशेष पूजाअर्चनासहित धुमधामका साथ मनाउने परम्परा रही आएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । यी गुणहरु वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै अनुशरणीय र अनुकरणीय छन्”, उपराष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।  

     

    उहाँले यो जयन्ती सीताको आदर्शबाट प्रेरित वैदिक समाज र प्राचीनकालमा कायम रहेको मातृशक्तिको भूमिकालाई स्मरण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई यो अवसरमा स्मरण गरिने बताउनुभएको छ । सीताले आफ्नो जीवनमा अवलम्बन गरेको आदर्शलाई ग्रहण गर्नसके परिवार र समाजमा आपसी द्वन्द्व र मनोमालिन्यताको अन्त्य भई परस्पर शान्ति, प्रेम र मेलमिलापमा वृद्धि हुनसक्ने उहाँको विश्वास छ । 

     

    “भजन, कीर्तन र आरती सीता जयन्तीको केही महत्वपूर्ण आकर्षण हुन्, यी सबै हाम्रो मौलिक संस्कृतिसँग जोडिएका छन्, यी सबैको संरक्षण अति आवश्यक छ,  सीताको पूजाअर्चना भक्तिभाव र श्रद्धाभावले गरे व्यक्तिको जीवनमा सुख–समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ । यसैगरी रोग, दोष र पारिवारिक कहलबाट  मुक्ति पाइने मान्यता पनि छ, यी मान्यतालाई जीवन्त राख्दै आपसी सद्भाव र मैत्रीभाव कायम गर्न प्रतिबद्धता जनाउने अवसरका रुपमा पनि सीता जयन्तीलाई लिन सक्नुपर्दछ”, उहाँले भन्नुभएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij