Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

गैर वित्तीय तथा सार्वजनिक संस्थाको बैंक निक्षेप ७ प्रतिशतले घट्यो


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 510
    Shares

  • गैर वित्तीय तथा सार्वजनिक संस्थाको बैंक निक्षेप ७ प्रतिशतले घट्यो

    काठमाडौं । गैर–वित्तीय तथा सार्वजनिक संस्थाले बैंकमा राखेको निक्षेप झिकेर ७ प्रतिशत घटाएका छन् ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ तथ्यांकमा यस्तो देखिएको हो ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार चैतसम्म बैंकमा सार्वजनिक संस्थानहरूको कुल बचत ३ खर्ब ३० अर्ब ५२ करोड ६० लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा ३ खर्ब ३७ अर्ब ५५ करोड १० लाख रुपैयाँ निक्षेप थियो ।सन् २०२२को चैत महिनामा यो  ३ खर्ब ४८ अर्ब ८ करोड ८० लाख र सन् २०२१को चैत महिनासम्म ३ खर्ब २५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बैंकमा बचत रहेको थियो ।

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामाचालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल निक्षेपको ७.३ प्रतिशत घटेको देखिन्छ ।पछिल्लो समय बैंकको ब्याज घटाएसँगै सार्वजनिक संस्थानले निक्षेप पनि घटाउँदै लगेको विज्ञहरूको भनाइ छ ।पछिल्लो ९ महिनाको अवधिमा  बैंकहरूको अन्तर बैंक निक्षेप २७.१ प्रतिशतले घटेको छ । ९ महिनाको अवधिमा बैंकले १६ अर्बले अन्तर बैंक निक्षेप घटाएका छन् ।

    सन् २०२४ मा बैंकहरुले कुल ४३ अर्ब ७४ करोड ६० लाख, सन् २०२३ मा ६० अर्ब ४ करोड २० लाख र सन् २०२२ मा ४५ अर्ब ५६ करोड ५०९ लाख रुपैयाँको अन्तर बैंक निक्षेप कारोबार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस