Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

खाडी मुलुकको आकाश खुलेसँगै त्रिभुवन विमानस्थलमा अलपत्र यात्रु गन्तव्यतर्फ

खाडी मुलुकको आकाश खुलेसँगै त्रिभुवन विमानस्थलमा अलपत्र यात्रु गन्तव्यतर्फ

  • काठमाडौं।कतारको ‘एयरस्पेस’ अस्थायी रूपमा बन्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन्।

    नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका कतार गन्तव्यका उडानहरू अचानक रद्द भएपछि सयौँ यात्रु विमानस्थलमै रोकिएका थिए। इरानको आक्रमणपछि कतारले आफ्नो आकाश बन्द गरेकाले यस्तो अवस्था सिर्जना भएको हो।

    विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले कतारले फेरि आफ्नो आकाश खोलिसकेकाले स्थगित उडानहरू क्रमशः सञ्चालनमा आइरहेको जानकारी दिए।

    नेपाल एयरलाइन्सका अनुसार सोमबार रातिको दोहा उडानमा २६९ जना यात्रु रहेका थिए, जसलाई आज गन्तव्य पठाउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ।

    तर, कतारबाट काठमाडौं आउनुपर्ने आज बिहान ८ बजेको एक उडान भने पुनः रद्द गरिएको छ। खाडी क्षेत्रको अशान्त परिस्थितिका कारण नियमित उडानहरूमा अझै केही ढिलाइ हुन सक्ने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij