Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

माडवाडी सेवा समिति नेपाल  निर्वाचनमा होमियो, नारायण बजाज र  प्रमोद चौधरीको समूह चुनावी मैदानमा


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 1.4k
    Shares

  • माडवाडी सेवा समिति नेपाल  निर्वाचनमा होमियो, नारायण बजाज र  प्रमोद चौधरीको समूह चुनावी मैदानमा

    काठमाडौं । माडवाडी सेवा समिति नेपाल चुनावमा होमिएको छ । आगामी जेठ १२ गते  तदनुसार २०२४ मे २५ तारिख  शनिबारका दिन हुने कार्यसमिति सदस्यको निर्वाचनमा सीए नारायण बजाज र उद्योगी व्यवसायी प्रमोद चौधरीको छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रेको छ ।

    निर्वाचनमा  ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३१ जना कार्यसमिति सदस्य रहेको माडवाडी सेवा समितिमा पहिला सदस्यहरू निर्वाचित हुने र सदस्यहरूले अध्यक्ष चुन्ने विधानतः व्यवस्था छ । निर्वाचनमा सीए नारायण बजाजको समूहलाई उद्योगपति तथा बैंकर राजेन्द्र खेतान, उद्योगपति व्यवसायी पवन मित्तल, उद्योगपति तथा व्यसायी सुनिलकुमार बंशल धानुकालगायतको समर्थन छ भने चौधरीलाई वर्तमान अध्यक्ष कैलाशचन्द्र गोयल तथा अन्य उद्योगी व्यवसायीहरूको समर्थन रहेको छ । चौधरीलाई तराई बेल्टमा रहेका माडवाडी समुदायको समर्थन रहेको बताइन्छ ।

    उम्मेदवारी दर्तामा उद्योगपति शेखर गोल्छा र उद्योगपति बसन्त चौधरीको उम्मेदवारी विधानसम्मत नभएकोले दुवै जनाले उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।जेठ १२ गते हुने निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतमा सीए जगदीश अग्रवाल र निर्वाचन अधिकृतहरूमा सीए साहिल अग्रवाल र अनिलकुमार राठी रहेका छन् ।नेपालका सामाजिक संघसंस्थाहरू मध्ये पुराना मानिएको  माडवाडी सेवा समिति नेपालको स्थापना २०१० साल भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस