Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 351
    Shares

  • यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू

    काठमाडौँ । सरकारले दुई जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको कायममुकायम सचिव रहेका लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा समूहिकरण अन्तर्गत विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको हो ।

    बैठकले नीति अनुसन्धान विकास प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा प्राध्यापक डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार न्यूनतम परिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस