Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजाने सरकारको योजना

विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजाने सरकारको योजना

  • काठमाडौं । निजी क्षेत्रलाई देशको विकास र समृद्धिमा सँगसँगै लाने योजना सरकारले बनाइरहेको छ । यसका लागि सरकारले आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति सोही अनुरुपको ल्याउने योजना बनाइरहेको छ । 

    अर्थ सचिव मधुकुमार मरासिनीले  इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल यस्तो बताएका हुन् ।

    नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल गरेर सरकार अगाडि बढ्ने बताउँदै अर्थसचिव मरासिनीले यी सबै क्षेत्रमा निजी क्षेत्रले सहज रुपले लगानी गर्न सक्ने विषयमा ध्यानकेन्द्रित गर्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij