Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

काठमाडौं तराई मधेश द्रुतमार्ग खण्डको लेनडाँडा सुरुंग मार्गको ब्रेक थ्रु

काठमाडौं तराई मधेश द्रुतमार्ग खण्डको लेनडाँडा सुरुंग मार्गको ब्रेक थ्रु

  • काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग खण्डको लेनडाँडा सुरुंग मार्गको ब्रेक थ्रु गरिएको छ ।  नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको हो ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले  प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १ हजार ६३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको जनाएको छ । 

    द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये निकट भविष्यमा दुवैतर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने सेनाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij