Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बजार परीसूचक (Market Index) भनेको के हो ?


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 582
    Shares

  • बजार परीसूचक (Market Index) भनेको के हो ?

    सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्य बीचको अनुपात नै बजार परीसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परीसूचक बढ्दछ भने घटेमा घट्दछ । नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि. ले प्रत्येक दिन यस प्रकारको परीसूचक तयार गर्दछ, जसलाई NEPSE Index भनिन्छ । 

    प्रतिशेयर बजार मूल्य (Market Price Per Share) 
    कुनै शेयरको धितोपत्र बजारमा कायम भएको मूल्यलाई प्रतिशेयर बजार मूल्य भनिन्छ । 

    प्रतिशेयर आम्दानी (Earning Per Share) 
    कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानीले शेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्ण माप (Measure) प्रदान गर्दछ । प्रतिशेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिशेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ । 

    प्रतिक्रिया दिनुहोस