Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आज चट्याङ र हावाहुरीसहित पहाडी भूभागमा वर्षा हुने


नया सडक

२०८१, जेठ ११ शुक्रबार

  • 621
    Shares

  • आज चट्याङ र हावाहुरीसहित पहाडी भूभागमा वर्षा हुने

    काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधरणतया बदली रहने छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ । 

    आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधरणतया मौसम बदली रहने विभागले जनाएको छ । आज पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका एक दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस