Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न


नया सडक

२०८१, जेठ ११ शुक्रबार

  • 390
    Shares

  • नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न

    काठमाडौं । वीरगञ्जमा आयोजित नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न भएको छ ।पर्साको वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघ एवं पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो ।

    भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत देवीसहाय मिणाले भारत–नेपालबीचको व्यापार विस्तारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने विश्वास दिलाए ।

    नेपाल–भारतबीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दुतावास तयार रहेको  मिणाले जनाए । सम्मेलनमा इण्डिया—नेपाल सेन्टरका सचिव अतुल ठाकुरले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे चर्चा समेत भएको र  नेपाल—भारत बीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जनाए ।

    भारतको कोलकात्तामा रहेका नेपालका महावाणिज्य दुत ईश्वरराज पौडेलले नेपाल—भारत बीचको व्यापारिक सम्बन्धमा देखिँदै आएको समस्या समाधानका साथै आयात निर्यातलाई सहज बनाउन अवलम्वन गर्न सकिने उपायका विषयमा छलफल भएको बताए । दुई तिहाई भन्दा बढी व्यापार नेपालले भारतबाटै गर्ने भएकाले यी समस्याहरुको समाधानका लागि समय अनुकुल तथा समय सापेक्ष निर्णय लिनु आवश्यक रहेको बताए ।

    उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक तेमानीले नेपाल—भारत बीचको व्यापारिक साझेदारीलाई सहजीकरण तथा कम लागतमा आयात निर्यात लगायतका उपाय खोज्नका लागि यो सम्मेलनको आयोजना गरिएको जनाए ।

     

    प्रतिक्रिया दिनुहोस