Logo

Sep 03 2025 | २०८२, भदौ १८गते

Sep 03 2025 | २०८२, भदौ १८गते

images

व्यवसायीको मागमा राष्ट्र बैंकको सुनुवाइ, चालु पुँजी कर्जाको समयसीमा २०८३ असारसम्म विस्तार

व्यवसायीको मागमा राष्ट्र बैंकको सुनुवाइ, चालु पुँजी कर्जाको समयसीमा २०८३ असारसम्म विस्तार

  • काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा लचकता अपनाउँदै कार्यान्वयन म्यादमा एक वर्षको अवधि थप गरेको छ। केन्द्रीय बैंकले सोमबार जारी गरेको परिपत्रमार्फत बैंकर तथा व्यवसायीहरूका मागलाई सम्बोधन गर्दै, अब यो नीति आगामी आर्थिक वर्ष २०८३ को असार मसान्तसम्म लागू हुने स्पष्ट पारेको छ।

    यसअघि निर्धारित म्याद अनुसार व्यवसायीहरूले चालु पुँजी कर्जालाई २०८२ असारभित्रै समायोजन गर्नुपर्ने बाध्यता थियो। तर, समयमै समायोजन गर्न कठिन हुने भन्दै व्यवसायीहरूले समय थपको माग गर्दै आएका थिए। गभर्नर विश्वनाथ पौडेलको नेतृत्वमा बैंकले उक्त मागलाई सम्बोधन गर्दै नीतिमा आवश्यक परिमार्जन गरेको हो।

    त्यस्तै, मार्गदर्शनमा उल्लेखित भेरियन्स एनालाइसिसको आधारमा कर्जा समायोजन प्रक्रिया २०८३ साउन १ गतेदेखि लागू हुने गरी समय सारिएको छ।  व्यवसायहरूलाई आर्थिक योजना मिलाउन थप सहज हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij