Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

पुँजीबजारका विभिन्न आठ लगानीकर्ताहरूद्वारा अन्तिम करकट्टी हुनुपर्ने माग

पुँजीबजारका विभिन्न आठ लगानीकर्ताहरूद्वारा अन्तिम करकट्टी हुनुपर्ने माग

  • काठमाडौ । आउन लागेको बजेटमा अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्न माग गरिएको छ ।पुँजी बजारका विभिन्न लगानीकर्ता संघहरूले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्न माग गरेका हुन् । उनीहरूले अग्रिम कर नभई उक्त कर अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्नुपर्ने र सोही अनुसार आयकर ऐन अुनसूची संशोधन हुनुपर्ने माग एक संयुक्त विज्ञप्ति सार्वजनिक  गरेका छन् ।

    यसैगरी अल्पकालीन लगानीकर्ता ३६५ दिनभित्र ५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताको हकमा ३६५ दिन भन्दा बढी ३ प्रतिशत पूँजीगत लाभकर कायम हुनु पर्ने माग गरिएको छ । यस्तो व्यवस्था गरिए कारोबार रकम बढ्न गई सरकारलाई लाभकर (राजस्व) बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।

    हाल नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले वासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ७.५ प्रतिशत अग्रिम कर असुल गर्नु पर्ने व्यवस्था छ ।

    नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पुँजी बजार लगानीकर्ता संघ, जनरल इन्भेष्टर एसोसियससन, नेपाल सेयरधनी संघ, स्वतन्त्र पुँजी बजार सुधार संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपलले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरूले  आगामी बजेटमा सम्बोधन नभएमा र द्विविधायुक्त कर नीति आए सशक्त विरोध गर्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij