Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान


नया सडक

२०८१, जेठ १३ आइतबार

  • 564
    Shares

  • आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान

    काठमाडौं । आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति प्रतिवेदन संसदमा पेश गरिएको छ ।अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गरेका हुन् ।

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका विपक्षी दलको अवरोधका बीच पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गरे ।

    अर्थमन्त्री  पुनले आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान प्रस्तुत गरे ।  अर्थमन्त्री  पुनले  निर्माण क्षेत्र  शिथिल भए पनि कृषि र सेवा क्षेत्रमा भएको सुधारले ३.९ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान सार्वजनिक गरे ।

     प्रदेशगत रुपमा बागमती, गण्डकी र लुम्बिनीको औसत आर्थिक वृद्धिदर सन्तोषजनक रहेको बताउँदै  उनले  चालु आवमा कुल लगानी २.८ प्रतिशत बढेर १७ अर्ब ४१ अर्ब ४८ करोड रुपैयाँ पुग्ने र प्रतिव्यक्ति आय १ हजार ४५६ रुपैयाँ अमेरिकी डलर पुग्ने अनुमान रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस