काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्रको रुपमा परिचय बनाएको न्युरोड क्षेत्रका बासिन्दाले काठमार्डौ महानगर पालिका विरुद्ध आन्दोलित भएका छन् । व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौँ महानगरपालिकाको योजनाको स्थानीयले विरोधमा मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन् ।
‘नयाँ सडक बचाऊ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका थिए । यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो ।
महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफत गरेको थियो । त्यसैको रिसमा मेयर बालेन शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फालिदिएका थिए ।