Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

नेपाली चलचित्र क्षेत्रलाई  औपचारिकरूपमा ‘सिनेमाण्डु’ भनिने


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 591
    Shares

  • नेपाली चलचित्र क्षेत्रलाई  औपचारिकरूपमा ‘सिनेमाण्डु’ भनिने

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रलाई  औपचारिकरूपमा ‘सिनेमाण्डु’ भनिने भएको छ ।  चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

    बोर्ड अध्यक्ष भुवन केसीले  जानकारी सार्वजनिक गरे अनुसार  सो  छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गरिनेछ । 

    नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बोर्डको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने छ ।

    मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिकरुपमै नेपाली फिल्म क्षेत्रले नाम पाउनेछ ।

    बोर्डले बोलाएकोबैठकमा सिनेमाण्डु, कान्तिपुर फिल्म्स र हिमालय फिल्म्समध्येबाट एक नाममा सहमति कायम गर्नुपर्ने छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस