Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अर्थमन्त्री वर्षमान पुनले  बजेट मस्यौदालाई अन्तिम रूप दिए


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 462
    Shares

  • अर्थमन्त्री वर्षमान पुनले  बजेट मस्यौदालाई अन्तिम रूप दिए

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले  आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिएका छन् । अर्थमन्त्री पुनले अर्थमन्त्रालयका  अर्थमन्त्रालयका सँगको बैठक गरी मस्यौदालाई अन्तिम रुप दिएका हुन् । 

    अर्थमन्त्री पुनको नेतृत्वमा मन्त्रालयमा भएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र राजस्व सचिव रामप्रसाद घिमिरे तथा बजेट लेखन टोलीका सदस्यहरुको सहभागितामा अन्तिम रुप दिइएको हो ।

    बजेट लेखन टोलीका सदस्यमा अर्थ मन्त्रालयका सहसहसचिवहरू धनिराम शर्मा, रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य र ईश्वरी अर्याल तथा आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक पार्वती शर्मा छन् ।

    राष्ट्रिय स्रोत अनुमान समितिले अर्थ मन्त्रालयलाई आव २०८१/८२ लाई १८ खर्बको ‘सिलिङ’ (बजेट सीमा) दिएको पुनका सचिवालय स्रोतले जनाएको छ ।

    मध्यमकालीन खर्च संरचनाले आगामी वर्षका लागि १९ खर्ब ४९ अर्ब ५० करोडको बजेट सिलिङ तोकिएको  हो । स्रोत समितिले भने राजस्वबाट १२ खर्ब ४५ अर्ब रुपैयाँमात्र पुग्ने अनुमान छ ।

    बैठकबाट अन्तिमरूप दिइएको मस्यौदालाई अर्थमन्त्री पुनले मंगलबार बिहान १० बजे राष्ट्रिय योजना आयोगको पूर्णबैठक बसेर बजेटलाई नै स्वीकृत गरेर सार्वजनिक गरिने छ ।

    प्रतिक्रिया दिनुहोस