Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आर्थिक बर्ष २०८१/८२ को बजेट (प्रत्यक्ष प्रसारण)


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 903
    Shares

  • आर्थिक बर्ष २०८१/८२ को बजेट (प्रत्यक्ष प्रसारण)

    काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुति सुरु गर्नुभएको छ ।

    यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए । सोही समिति गठनको कार्यादेश टुंगो लगाउनका लागि आजको बैठक दुई घण्टा पर सारिएको थियो ।

    उक्त समिति गठन र सोको कार्यक्षेत्रमा प्रमुख दलहरुबीच सहमति जुटेपछि संसद्को गतिरोध अन्त्य हुनेभएको छ ।

    संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।

    प्रतिक्रिया दिनुहोस