Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

आजदेखि रोजगार मेला सुरु


नया सडक

२०८१, जेठ १७ बिहीबार

  • 495
    Shares

  • आजदेखि रोजगार मेला सुरु
    फाइल फोटो

    काठमाडौं ।  आजदेखि श्रमाधान रोजगार मेला सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने रोजगार मेला सातै प्रदेशमा चल्ने छ । कोशी प्रदेशबाट आजदेखि सुरुहुने रोजगार मेला जेठ ३० गते सम्म चल्ने छ ।  को विराटनगर स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज र भोलि हुने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् । 
    युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबिचको साझेदारीलाई प्रवर्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ । रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ ।
    मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरु हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

    प्रतिक्रिया दिनुहोस