Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने : मन्त्री भण्डारी


नया सडक

२०८१, जेठ १७ बिहीबार

  • 483
    Shares

  • चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने : मन्त्री भण्डारी

     

    कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताउनुभएको छ ।

     

    प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले खासगरी राष्ट्रिय गौरवका आयोजना र अरु रणनितिक महत्वका पूर्वाधार क्षेत्रका कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

     

    मूल रुपमा यतिखेर बजेट कार्यान्वयनका जटिलता पहिल्याएर सरकार त्यसलाई कार्यान्वयन गर्ने योजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । मन्त्री भण्डारीले अहिले लगानीमैत्री वातावरण बनाउन नीतिगत रुपमा त्यसको निरुपण गरिएको र त्यो सम्भावना प्रचुर रहेको बताउनुभयो ।

     

    “मैलै सम्हालेको मन्त्रालयमा पनि थुप्रै लगानीकर्तासँग निरन्तर रुपमा छलफल पनि भएको छ र लगानी सम्मेलनले त्यो खालको सम्भावनाको ढोका खोलेको छ”, उहाँले भन्नुभयो, “अब सरकारले नितीगत रुपमा रहेका जटिलतालाई हटाउँदै जाने हो भने आन्तरिक तथा बाह््य लगानीका क्षेत्र विस्तार हुनेछन् ।” 

     

    उहाँले नेपालको जनशक्ति पलायन हुने समस्या समाधानका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिको क्षेत्रको उद्यमशिलतामा विशेषतः युवालाई सहभागी गराइने बताउनुभयो । मुलतः कृषि, पर्यटन, आइटी क्षेत्र, उद्यमशिलता, स्वास्थ्य, शिक्षालाई विशेषतः सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस