Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

भारतलाई बिजुली बेच्न सुरु


नया सडक

२०८१, जेठ १७ बिहीबार

  • 621
    Shares

  • भारतलाई बिजुली बेच्न सुरु

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत  जेठ १४ गते सोमबाररातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्न सुरु गरेको छ ।खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादनमा वृद्धि भई आन्तरिक माग गर्दा बढी बिजुली भारतलाई बिक्री गरिएको हो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी सार्वजनिक गरे अनुसार अहिले दैनिक रुपमा ४ सय मेगावाट जति बिजुली भारत निर्यात भइरहेको छ ।विगत ७/८ वर्षअघि दैनिक रुपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर चार/साढे ४ करोड युनिट पुगेको छ । आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार दुई सय मेगावाट बिजुली  प्रतिस्पर्धी बजारमा द्विपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ ।  निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकिएको छ ।

    द्विपक्षीय सम्झौता बमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० मेगावाट हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी  विद्युत व्यापार निगम लि–एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकिएको  घिसिङको भनाइ छ ।

    केन्द्रीय विद्युत प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाहरुबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ । एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा विद्युत खरिद बिक्रीको पनि अनुमति प्राप्त गरेको छ ।

    ६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेको छ ।

    नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गर्यो । 

     

    प्रतिक्रिया दिनुहोस