Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कांग्रेससँग आबद्ध भनेर चिनिएका थर्कमान लामा  ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ


नया सडक

२०८१, जेठ १८ शुक्रबार

  • 717
    Shares

  • कांग्रेससँग आबद्ध भनेर चिनिएका थर्कमान लामा  ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आबद्ध भएको भनेर चिनिएका काभ्रेका थर्कमान लामा  ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।

     केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय कान्छामान भनेर समेत चिनिने लामालाई  लाजिम्पाटबाट पक्राउ गरेको हो ।

    पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले हाल  दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जानकारी सार्वजनिक गरेको छ ।

    ।राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । सोही सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस