Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

बढीमा असारदेखि काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय निशुल्क हुने


नया सडक

२०८१, जेठ १८ शुक्रबार

  • 633
    Shares

  • बढीमा  असारदेखि  काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय निशुल्क हुने
    फाइल फोटो

    काठमाडौं ।  काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय निशुल्क हुने भएको छ ।  काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको हो ।

    महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न भनेको छ ।

    यो व्यवस्था १५ दिनपछि पूर्णरुपमा कार्यान्वयनमा ल्याउने महानगरको तयारी छ ।

    हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक शौचालय प्रयोग गरेवाफत् सेवाग्राहीले  कम्तीमा  ५ देखि १० रुपैयाँसम्म बुझाउनुपर्ने बाध्यता छ ।

    निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौं महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउँदै आएको छ ।

    सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरुलाई आज जेठ १८ गतेदेखि १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न पनि भनिएको छ । सो समयअवधि पश्चात् महानगरपालिका भित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

    सूचना विपरीत सार्वजनिक शौचालय प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी समेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस