Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

मौद्रिक नीति भनेको के हो  ?


नया सडक

२०८१, जेठ २० आइतबार

  • 531
    Shares

  • मौद्रिक नीति भनेको के हो  ?

    समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ । मुलुकको आर्थिक विकास तथा आर्थिक स्थायित्वका लागि राष्ट्रिय अर्थतन्त्रमा वाञ्छित परिणाम हासिल गर्न अपनाउने समष्टिगत नीति नै मौद्रिक नीति हो । अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्दछ भनि निर्धारण गर्ने काम मौद्रिक नितिको हुन्छ । यो निति जुनसुकै देशको पनि केन्द्रिय बैकले निर्माण गर्ने गर्छ र नेपालमा पनि यो निति नेपाल राष्ट्र बैकले बनाउदै आएको छ भने बैंक तथा वित्तीय संस्थाहरूमार्फत कार्यान्वयनमा ल्याइन्छ ।
     मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा माग अनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ । त्यसैले आर्थिक विकास, विनिमय स्थिरता, बचत तथा लगानीबीच सन्तुलन कायम गर्नु यसको मुख्य उद्देश्य हो । नेपालको सन्दर्भमा यतिबेला बैंक तथा वित्तीय संस्थाहरूमा बचत र लगानीबीच असन्तुलन पैदा भएकोले तरलता समस्या देखिइरहेको छ । तरलता समस्याले गर्दा अर्थतन्त्रमा ब्याजदर छिटो–छिटो परिवर्तन भई लगानी र बचतमा अस्थिरताको स्थिति सिर्जना गर्छ, जसले गर्दा मौद्रिक नीतिका मुख्य द्वार नै बढी प्रभावित भई चाहे अनुरुपको परिणाम हासिल हुन सक्दैन ।

    मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्छ । त्यसैले मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति निर्माण गर्नुपरेको हो । बजारमा मुद्रा आपूर्ति बढी भयो भने स्वभाविक रुपमा महँगी बढ्न जान्छ । त्यसैले राष्ट्र बैंकले सीमित रकममात्रै बजारमा पठाउँछ । यसरी मुद्राप्रदाय नियन्त्रणमा रहँदा मुल्यवृद्धि नियन्त्रणमा रहने र अन्ततः मुद्रास्फिती व्यवस्थापन हुन्छ । यी कुराहरुको नियन्त्रण र नियमन नीतिगत तवरले गर्नका लागि नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको सुरुवातमा मौद्रिक नीति ल्याउने गर्दछ ।

    मौद्रिक नीतिमा वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ । वित्तीय नीतिअन्तर्गत नेपाल राष्ट्र बैंकको मातहतमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको नियमनसम्बन्धी नीति पर्दछ । यस्ता नीतिहरु समयको माग र आवश्यकताअनुसार परिवर्तन गर्दै जानुपर्ने भएकाले राष्ट्र बैंकले हरेक वर्ष आवश्यक परिमार्जनसहितको नीति ल्याउने गर्दछ ।
    मौद्रिक नितिको उद्देश्य के हो ?

    मौद्रिक नीतिको मुख्य उद्देश्य भनेकै अर्थतन्त्रका हरेक क्षेत्रलाई समेट्दै मुलुको अर्थव्यवस्थालाई सन्तुलनमा राख्नु हो । मौद्रिक नीतिले मूल्य स्थिरता राख्ने भएकाले मुद्राप्रदायको व्यवस्थापन गर्न तरलता लगानीयोग्य रकम को सदुपयोग र व्यवस्थापन गरी बैंक तथा वित्तीय संस्थाका ग्राहकको हक, हित र अधिकारको सुरक्षा गर्नु मौद्रिक नीतिका उदेश्य हो ।

    अल्पकालीन ब्याजदरले महंगी, मुद्रास्फीति, कालोबजारी र आर्थिक प्रणालीमा प्रभाव पारिरहेको हुन्छ । त्यसैले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तरलता व्यवस्थापन, मुद्रास्फीति दर वित्तीय स्थायित्व, अस्वभाविक लगानीमा नियन्त्रण, वित्तीय साक्षरतामा अभिवृद्धि, उत्पादनशील क्षेत्रमा लगानी, विपन्न वर्ग र उद्यमशील यूवा कर्जाको कार्यान्वयनमा ध्यान पुर्याउँदै मुलुको अर्थ व्यवस्थालाई सन्तुलनमा राख्नु मौद्रिक नीतिको उदेश्य हुन आउँछ । समग्रमा मौद्रिक नीतिका उदेश्यलाई यसरी हेर्न सकिन्छ। मूल्य स्थायित्व कायम गर्ने, वित्तिय स्थायित्व कायम गर्ने, बाह्य क्षेत्र स्थायित्व कायम गर्ने र लक्षित आर्थिक वृद्धि हासिल गर्ने

    मौद्रिक नितिको उद्देश्य अन्र्तगत मौद्रिक तटस्थता कायम गर्नु यसको एक उद्देश्य हो । यससंगै यसले बिनिमयमा स्थिरता कायम गर्नु, मुल्यमा भएको अस्थिरतालाई स्थिरता कायम राख्ने, बेरोजगारलाई पुर्ण रोजगारी कायम गर्नु, लक्ष्य अनुरुपको आर्थिक बृद्वि हासिल गर्नुका साथै भुक्तानी सन्तुलन गर्नु यसको उद्देश्य हुन् ।

    प्रतिक्रिया दिनुहोस