Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सुन आयातमा भन्सार वृद्धि भएकोमा सुनचाँदी व्यवसायीहरूको विरोध प्रदर्शन


नया सडक

२०८१, जेठ २० आइतबार

  • 672
    Shares

  • सुन आयातमा भन्सार वृद्धि भएकोमा सुनचाँदी व्यवसायीहरूको विरोध प्रदर्शन

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२को बजेट मार्फत् सुनमा भन्सार वृद्धि गरिएको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सुन आयात गर्दा १५ प्रतिशत भन्सार तथा अन्य शुल्क लाग्दै आएकोमा त्यसमा ५ प्रतिशत वृद्धि गरी २० पुर्याइएको छ ।    
    ऋद्धिसिद्धी ज्वेलर्सका सञ्चालक नरेन्द्र गुप्ताले सुनमा भन्सार वृद्धि गरेको र सुनमा लगाउँदै आएको कोटा पूर्णरूपमा खारेजीको माग गर्दै आन्दोलन गरिएको नयाँ सडकसँग बताए । अर्का व्यवसायी अर्जुन विश्वकर्माले सुनचाँदी व्यवसायीहरूले ५ प्रतिशत भन्सार वृद्धि गरी २० प्रतिशत पुर्याएको विरोधमा उत्रिएको बताए ।

    भारतमा भन्दा नेपालमा ५ प्रतिशत भन्सार वृद्धि भएको बताउँदै विश्वकर्माले सुनका गरगहना भारतमा भन्दा नेपालमा धेरै महँगो पर्ने बताए । यसले समग्र सुनचाँदी व्यवसाय ठप्प हुने बताउँदै अविलम्ब भन्सार तथा अन्य कर हटाउनुपर्ने उनीहरूले बताए ।संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले आइतबार आज माइतीघर मण्डलामा प्रदर्शन गरे ।

    अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएकोमा  बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको थियो  । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातमा परिमाणमा वृद्धि गरेपनि बजेटमा भन्सार महँगो परेको भन्दै व्यापारीहरूले विरोध गरेका हुन् ।

    सुनमा लगाएको सिन्डिकेट खारेज गर्नुपर्ने, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर्नुपर्ने, सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री नीति–निर्देशिका, ऐन तुरुन्त लागु गर्नुपर्ने उनीहरूको माग छ  ।

    प्रतिक्रिया दिनुहोस