Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

गाजालाई अनिकालबाट बच्न पर्याप्त खाद्यान्न सहायता चाहिन्छ : युएनआरडब्लुए


नया सडक

२०८१, जेठ २१ सोमबार

  • 327
    Shares

  • गाजालाई अनिकालबाट बच्न पर्याप्त खाद्यान्न सहायता चाहिन्छ : युएनआरडब्लुए

    काठमाडौं । गाजामा रहेको प्यालेस्टिन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घको राहत तथा कार्य निकाय (युएनआरडब्लुए) का एक अधिकारीले आइतबार घेरामा परेका प्यालेस्टिनी एन्क्लेभका मानिसहरूलाई भोकमरीबाट बच्न पर्याप्त खाद्यान्न सहायता आवश्यक रहेको बताउनुभएको छ । 

    “गाजाको सीमा क्षेत्रमा कुनै सुरक्षित क्षेत्र छैन र मानवीय सङ्कट झन् जटिल हुँदै गइरहेको छ”, गाजामा युएनआरडब्लुएका कार्यवाहक सार्वजनिक सूचना अधिकारी इनास हमदानले इजिप्टको सरकारी अल–काहेरा न्यूज टेलिभिजन नेटवर्कसँगको कायरोमा प्रत्यक्ष अन्तर्वार्तामा भन्नुभयो ।

    उहाँले इजराइली आक्रमणका बीच दक्षिणी सहर रफाहबाट भागेका प्यालेस्टिनीहरूले दक्षिणी गाजा शहर खान युनिस र मध्य गाजाका आश्रय केन्द्रहरू भरिएको र प्रत्येक केन्द्रमा जम्मा भएका मानिसको सङ्ख्या करिब १६ हजार रहेको बताउनुभयो । 

    टोलीहरूले स्वास्थ्य सेवाहरू प्रदान गर्न र आश्रयहरूमा खाद्य आपूर्तिहरू वितरण गर्ने प्रयास गरिरहेका भन्दै उहाँले अनिकालबाट बच्न पर्याप्त खाद्य सहायता चाहिने धारण राख्नुभयो । रासस

    प्रतिक्रिया दिनुहोस