Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

काठमाडौं महानगर पालिकाका नगर प्रहरी र सडक विभागबाट खटिएका मरम्मत सम्हारमा खटिएकाहरूबीच तनाव


नया सडक

२०८१, जेठ २१ सोमबार

  • 567
    Shares

  • काठमाडौं महानगर पालिकाका नगर प्रहरी र सडक विभागबाट खटिएका मरम्मत सम्हारमा खटिएकाहरूबीच तनाव

    काठमाडौं ।काठमाडौं महानगर पालिकाका नगर प्रहरी र सडक विभागबाट खटिएका मरम्मत सम्हारमा खटिएकाहरूबीच तनाव उत्पन्न भएको छ । सडक विभागले महानगरलाई दुई दिन भित्र पेटी विस्तार गर्न काटिएको न्युरोडको सडकखण्ड जस्ताको त्यस्तै बनाइ दिन भनेको पत्रको बेवास्ता गरेपछि विभाग आफैले पिच गर्न थालेपछि विवाद उत्पन्न भएको हो । 

    काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद भयो ।

    अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।

    काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।

    महानगरपालिकाले नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको छ । महानगरपालिकाले सडक विभागलाई सडक पेटी मापदण्ड अनुसार बनाउन भनी विभागको पत्रलाई बेवास्ता गरेको हो ।

    प्रतिक्रिया दिनुहोस