Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images
नयाँ सडक समाचारको प्रभाव

अन्ततः गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालासहितलाई लाग्यो भ्रष्टाचार मुद्दा


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 738
    Shares

  • अन्ततः गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालासहितलाई लाग्यो भ्रष्टाचार मुद्दा

    ललितपुर /काठमाडौं । अन्ततः ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालासहितलाई भ्रष्टाचार मुद्दा लागेको छ ।

    नयाँ सडक डटकमले २०७८ माघ ७ गते नै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालासमेतको मिलेमतोमा प्राकृतिक स्रोतसाधनको अवैध र अस्वाभाविक दोहन गरेर अनियमितता गरेको समाचार बाहिर ल्याएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालासमेत १४ जना विरुद्ध १ अर्ब भन्दा बढी बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    गोदावरीका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू प्रवीण कोइराला, वीरेन्द्रदेव भारती,कृष्णप्रसाद जैसी र विश्वराज मरासैनीसहित १४ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा अख्तियारले सोमबार मुद्दा दायर ग¥यो ।

    त्यसबखत नै नयाँ सडक डटकमले गोदावरी नगरपालिका भित्र भएको अनियमितता , प्राकृतिक स्रोतसाधनको दोहन, प्रभावमा परी खेती योग्य जमिनलाई प्लटिङलगायतका अनियमितताका विषयमा समाचार लेखेको थियो । 

    नगरपालिका भित्रको अनियमितता नयाँ सडक दैनिकले प्रकाशन गरेपछि त्यसबखतका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले प्रेस काउन्सिललगायतमा नयाँ सडक विरुद्ध मुद्दा समेत हालेका थिए ।

    तर अन्ततः अख्तियारले प्रमुख प्रशासकीय अधिकृत कोइरालासहित १४ जना विरुद्ध अर्ब बढीको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

    त्यसबखत नयाँसडक डटकमले  प्रकाशन गरेका समाचारहरू पढ्न यहाँ क्लिक गर्नुहोस् :

    गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत प्रविण कोइरालाले यसरी गर्छन् भ्रष्टाचार ! , जनप्रतिनिधि र कर्मचारीबीच खटपट

    ग्राउण्ड रिपोर्ट गोदावरी नगरपालिका –२ : कोइरालाको पासोमा कसिँदै गोदावरी- कसरी जोगाउने प्राकृतिक स्रोत र जनप्रतिनिधिको साख ?

    प्रतिक्रिया दिनुहोस