Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

बनेपा सडक खण्डमा अरनिको र हिमाल तराई यातायातका कर्मचारीहरूबीच हानाहान


नया सडक

२०८१, जेठ २३ बुधबार

  • 435
    Shares

  • बनेपा सडक खण्डमा अरनिको र हिमाल तराई यातायातका कर्मचारीहरूबीच हानाहान

    काठमाडौं । काभ्रे जिल्लाको बनेपा सडक खण्डमा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच हात हालाहाल भएको छ ।

    अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याइ  चक्काजाम गर्दा भएको विवादमा दुवै पक्षबीच हानाहानसम्म भएको हो ।
    यातायात खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएपछि प्रहरीले उनीको झगडा छुट्याएको थियो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी सार्वजनिक गरे अनुसार तनावपूर्ण बनेको स्थिति अहिले सामान्य भएको छ ।

    स्थानीयहरूका अनुसार अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई लगायतका यातायात व्यवसायीले विरोध जनाउँदै आएका छन् । सोही क्रममा मंगलबार ओखलढुंगा र काठमाडौंमा विवाद भएको र  सोहीको निहुँ पारी अरनिको यातायातले बीच बाटोमै बस तेर्स्याइ  चक्काजाम गरेको थियो ।  उनीहरूबीच कुटाकुट हुनुको कारण  त्यही रिसइबी रहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस