Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते

डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते

  • डोटी। दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij