Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

महानगर क्षेत्रमा सञ्चालन भइरहेका  सबै अस्पताललाई आफ्नै औषधि पसल सञ्चालन गर्न १५ दिने अल्टिमेटमसहितको निर्देशन

महानगर क्षेत्रमा सञ्चालन भइरहेका  सबै अस्पताललाई आफ्नै औषधि पसल सञ्चालन गर्न १५ दिने अल्टिमेटमसहितको निर्देशन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालन भइरहेका  सबै अस्पताललाई आफ्नै औषधि पसल सञ्चालन गर्न अल्टिमेटमसहितको निर्देशन दिएको छ । 

    महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै  १५ दिने अल्टिमेटमसहितको निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन् ।

    अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको जनाउँदै  महानगरपालिकाले  यस्तो  निर्देशन दिएको छ । 

    ‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ । अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij