Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

खाद्यवस्तु गहुँ आयातमा अग्रिम आयकरको प्रावधानले स्वदेशी उद्योग बन्द हुने चिन्ता बारे सरकार बेखबर

खाद्यवस्तु गहुँ आयातमा अग्रिम आयकरको प्रावधानले स्वदेशी उद्योग बन्द हुने चिन्ता बारे सरकार बेखबर

  • काठमाडौं । मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुंमा लागेको २.५ ५ अग्रिम आयकर थेग्न नसक्ने हुंदा यसले स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।नेपाल मैदा उद्योग संघले यस्तो चिन्ता व्यक्त गरेको हो ।   

    नेपाल सरकारले आर्थिक बर्ष २०८१/०८२ को लागि ल्याएको बार्षिक बजेटका समग्र पक्ष स्वागतयोग्य भएपनि कच्चा पदार्थ गहुंमा आर्थिक विधेयक २०८१ बाट अग्रिम आयकर लागेको संघले जनाएको छ । गहुंबाट आंटा, सुजि, चक्की आंटा, चोकर जस्तो खाद्य बस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मार पर्ने भएको छ । कृषिमा आधारित मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भएकोेले मैदा उद्योगको कच्चा पदार्थ गहुंमा लागेको अग्रिम आयकर हटाउन संघको अनुरोध छ । 

    संघले भनेको छ “ औद्योगिक प्रयोजनको लागि भारतबाट आयात हुने गहुं र व्यापारीले आयात गर्ने तयारी मैदा दुवैको भन्सार महसु्ल र अग्रिम  आयकर हेर्दा अब कच्चा वस्तु भन्दा तयारी वस्तु नेपालमा आयात गर्न सस्तो (गहुंको कर बढी र मैदाको कर कम ) हुने देखिन्छ । जसले गर्दा स्वदेशी मैदा उद्योग धाराशायी हुने निश्चित छ । ”

    कृषिमा आधारित मैदा उद्योगबाट उत्पादित मैदा/आंटा देशमा आत्मनिर्भर भएको खाद्य वस्तु हो । कच्चा पदार्थ गहुं र तयारी मैदा आयातमा समान कर लगाउँदा भोलिका दिनमा स्वदेशी मैदा उद्योग धमाधम बन्द भई ठुलो लगानी जोखिममा पर्न जान्छ । नेपाल सरकारसंग संघको अनुरोध छ ब्यापारिक प्रयोजनको लागि आयात गरिने  गहुं र मैदामा कर लगाउँदा हुन्छ । तर स्वदेशी उद्योगले औद्योगिक प्रयोजनको लागि आयात गर्ने गहुंमा अग्रिम आयकर नलगाउन संघको अनुरोध छ । 

    गहुंमा अग्रिम आयकर लगााएको खण्डमा पर्ने असरहरु ः 
    १. विगत ५ बर्षदेखि देशमा आत्मनिर्भर भएको मैदा उद्योगमा भारी नोक्सानी भई उद्योग बन्द हुने । 
    २. समायोजन नगरेको रकम (अग्रिम आयकर र वर्षको तिर्नु पर्ने आयकरको ब्यालेन्स रकम) अर्को वर्षको लागि अग्रेशन (carry forward) गर्न अनुमति दिएको छैन र हामी यसलाई खर्चको रुपमा पनि बुक गर्न सक्दैनौं । यसमा आयकरको ऐनको प्रावधान प्रष्ट छैन । 
    ३. अग्रिम आयकरको रकम जुन कि आयकरबाट असुल गर्न मिल्ने अवस्था छैन । त्यसमा पनि बिक्री गर्नु भन्दा पूर्व लागतको रुपमा अग्रिम आयकरलाई जोडन एकाउन्टिङ प्रिन्सिपलको आधारमा नमिल्ने भएकोले यहांँ लागत बढी र बिक्री रकम घटन आउँछ जुन कि कुनै  हालतमा उपयुक्त देखिदैन । 
    ४. अतिरिक्त महसुलले मैदा/आंटाको मुल्य बढन गई आयातित मैदासंग प्रतिस्पर्धा गर्न नसक्ने । 
    ५. मैदा/आंटा/चोकरको अवैध आयातलाई प्रोत्साहन मिल्छ र राज्यको राजस्वमा नकारात्मक असर पर्न जान्छ ।
    ६. अबाँँैैको स्वदेशी लगानी डुब्ने सम्भावना र रोजगारीमा प्रत्यक्ष असर पर्छ । 
    ७. स्वदेशी मैदा उद्योग बन्द हुंदा आयातित मैदा/आंटा/चोकरमा भर पर्नु पर्ने र उपभोक्ताले गुणस्तरीय पिठो खानबाट बन्चित हुने । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij