काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीमा व्यापक प्रशासनिक रूपान्तरण गर्दै पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रिस्तरीय निर्णय अनुसार भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डीआईजीमा पदोन्नति गरिएको हो।
बढुवासँगै सरकारले उनीहरूलाई विभिन्न महत्वपूर्ण जिम्मेवारी तोकेको छ। डीआईजी भूपेन्द्र खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो मा, सानुराम भट्टराईलाई अपराध अनुसन्धान विभागमा, ओम अधिकारीलाई उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, र अविनारायण काफ्लेलाई प्रहरी महानिरीक्षक सचिवालयमा जिम्मेवारी तोकिएको गृह मन्त्रालयले जनाएको छ।
गत ९ कात्तिकमा बढुवाका लागि तयार गरिएको सिफारिस सूचीका आधारमा सरकारले आज औपचारिक रूपमा बढुवा प्रक्रिया सम्पन्न गरेको हो। मन्त्रालयका अनुसार यस बढुवासँगै नेपाल प्रहरीको उच्च नेतृत्व तहमा नयाँ ऊर्जाशील टिमको प्रवेश भई संगठनको अनुसन्धान, प्रशासन र संयोजन कार्यमा थप गतिशीलता आउने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij