Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

चौधरी ग्रुपको सिजी मोबाइलको लाइसेन्स स्वतः खारेजीमा


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 525
    Shares

  • चौधरी ग्रुपको सिजी मोबाइलको लाइसेन्स स्वतः खारेजीमा

    काठमाडौं । चौधरी ग्रुपको मोबाइल सेवाको अनुमति खारेज भएको छ ।नेपाल दूर सञ्चार प्राधिकरणले चौधरी ग्रुपको सीजी  मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको  जनाएको हो ।

    प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि लाइसेन्स  स्वतः खारेज भएको छ ।सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स प्राप्त गरेको  थियो ।

    तर कम्पनिको तर्फबाट तोकिएको अवधिमा निवेदन नै नदिएकाले स्वतः खारेजीमा परेको छ ।  सूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वतः खारेज भएको हो ।गत वर्ष २०८० मंसिरदेखि नै लागू हुनेगरी सीजीको लाइसेन्स खारेज भएको प्राधिकरणले सार्वजनिक जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस