Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

सुनको भाउ बिहीबार फेरि नयाँ रेकर्ड कायम, १ लाख ४४ हजार रुपैयाँमा कारोबार


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 666
    Shares

  • सुनको भाउ बिहीबार फेरि नयाँ रेकर्ड कायम, १ लाख ४४ हजार रुपैयाँमा कारोबार

    काठमाडौं । सुनको भाउ बिहीबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ प्रतितोला १ लाख ४४ हजार पुगरे नयाँ रेकर्ड कायम भएको हो ।  गत जेठ २२ गते १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ बिहीबार अर्को रेकर्ड  बिन्दु पुग्यो ।

    बिहीबार छापावाला सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन १ हजार ८०० रुपैयाँ नयाँ रेकर्ड कायम गरेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ बिहीबार प्रतितोला २५ रुपैयाँ बढेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३६८ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ४३ पैसामा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस