Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सीप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 297
    Shares

  • सीप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट

    काठमाडौ । सीप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट गराउन काठमाडौँ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गरेको छ । प्रशिक्षणका क्रममा सिकेका सीप र यसबाट प्राप्त दक्षताबाट उत्पादित वस्तु तथा सामग्री मेलामा राखिएका छन् ।

    कामपाको सहरी योजना आयोगका सदस्य एवं सीप मेला निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार टुँडिखेलमा हरेक विधासँग सम्बन्धित प्रदर्शनीस्थल राखिएका छन् । सामग्री उत्पादन नहुने खालका सीपको बारेमा ‘भिडियो डिस्प्ले’ र आपसी कुराकानीका आधारमा समन्वय हुने उहाँले बताउनुभयो । यससँगै पेसासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिको नाम, सम्पर्क नम्बर र उनीहरुले तालिम लिएको पाठ्यक्रम समेत राखिएको छ । रोजगारदाताले यो बोर्डबाट आफूलाई आवश्यक पर्ने जनशक्तिका बारेमा जानकारी लिन सक्नेछन् । यससँगै सम्बन्धितस्थलबाट आफूलाई आवश्यक पर्ने जनशक्तिसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।  

     उक्त मेला आज मध्यान्न १२ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । गत वैशाख १९ गतेदेखि टुँडिखेलमा १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम सुरु गरिएको थियो । यसमध्ये स्क्रिन प्रिन्टिङ् विधामा आवेदकको सङ्ख्या न्यून भएकाले तालिम नसञ्चालन कामपाले जनाएको छ ।

     पन्ध्र र ३० दिन अवधिका तालिमबाट दुई हजार सात सय १५ प्रशिक्षार्थीले तालिम लिनुभएको छ । तालिम संयोजक देवेन्द्र केसीका अनुसार सबैभन्दा धेरै सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट छ सय ३९ जनाले प्रशिक्षण प्राप्त गर्नुभएको छ । “१५ दिन अवधिको तालिममा डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर, सिसिटिभी र मोबाइल मर्मत पेसा थिए”, उहाँले भन्नुभयो, “ब्यूटिसियन विधामा पाँच सय ८० जनाले तालिम लिनुभएको छ । यसमा नेलआर्ट, मेकअप, आइलेस, हेयर कट र सैलुन पेसाको तालिम भएको थियो । वेकरी, फास्टफुड, बारिस्ता, बार टेन्डिङ् र वेटर÷वेट्रेसमा पाँच सय ३१ प्रशिक्षित हुनुभएको छ । कामपाले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरेको थियो । रासस ।

    प्रतिक्रिया दिनुहोस