Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

सरकारले खाद्यवस्तुमा १०प्रतिशतसम्म अग्रिम आयकर वृद्धि गरेपछि बजारमा मूल्य वृद्धि


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 900
    Shares

  • सरकारले खाद्यवस्तुमा १०प्रतिशतसम्म अग्रिम आयकर वृद्धि गरेपछि बजारमा मूल्य वृद्धि

    काठमाडौं । सरकारले चामल दाल गहुँ मैदा जस्ता खाद्यवस्तुमा अग्रिम आयकर वृद्धि गरेपछि बजारमा खाद्यवस्तुको मूल्य वृद्धि भएको छ ।सरकारले बजेट मार्फत यी खाद्यवस्तुहरूमा १०प्रतिशतसम्मको अग्रिम आयकर वृद्धि गरेको घोषणा गरेयता व्यवसायीहरूले मूल्य वृद्धि गरेका हुन् ।

    विदेशबाट चालु आर्थिक वर्ष २०८०/८१को १० महिनामा सबै खाले चामलको आयात साढे ७ करोड किलो बढी आयात गरिएको छ ।भन्सार विभाग सार्वजनिक गरेको प्रतिवेदन अनुसार बासमतीलगायत सबै किसिमका चामलको आयात साउनदेखि बैशाख  महिनासम्म ७ करोड ६३ लाख २७ हजार ९६७ किलो आयात भएको छ ।

    ekikrit bhansar mahasul.png

    भन्सार विभागको एकीकृत महसुल दरबन्दी अनुसार चामलमा प्रतिकिलो १२ रुपैया ५० पैसा भन्सार लिने गरेको छ ।यसरी लाग्ने एकीकृत भन्सार महसुल केही सन्दर्भमा छुटको व्यवस्था पनि गरिएको छ ।

    भारत र चीनको तिब्बतबाट स्थलमार्ग हुँदै भन्सार महसुल पूर्णरूपमा छुट हुने  र समुद्रपारबाट पैठारी हुँदा कृषि सुधार शुल्क नलाग्ने उल्लेख गरिएको छ ।

    सरकारले खाद्यवस्तुमा अग्रिम आयकर २.५ प्रतिशतदेखि १० प्रतिशतसम्म वृद्धि गरेकोले उद्योगी व्यवसायीहरूले कृषिमा आधारित खाद्यवस्तुको उत्पादन बन्द हुने चेतावनी दिएका छन् । 

    भन्सार विभागको प्रतिवेदन  अनुसार चालु आर्थिक वर्षको १० महिनामा  चीन,भारत, इन्डोनेसिया,इटली, जापान,मलेसिया, थाइल्यान्ड , भिएतनाम,अमेरिका  र नामिबियाबाट  चामल  आयात भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस