Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

राजस्व चुहावट नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायत सरकारी निकाय आक्रामक बन्दै

राजस्व चुहावट नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायत सरकारी निकाय आक्रामक बन्दै

  • काठमाडौं । राजस्व चुहावट नियन्त्रण गर्नका लागि राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका सरकारी निकाय सक्रिय हुने भएका छन् ।राजस्व अनुसन्धान विभागका महानिर्देशक  चक्रबहादुर बुढाको संयोजकत्वमा  राजस्व चुहावट नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागमा बसेको बैठकले राजस्व चुहावट नियन्त्रण गर्न सरकारका सबै निकाय एक आपसमा समन्वय गरी आक्रामक हुने निर्णय गरेको हो ।

    गत बुधबार २३ गते विभागमा बसेको बैठकमा भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौला, आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, सम्पत्ति शुद्धीकरणका महानिर्देशक कमलप्रसाद भट्टराई , नेपाल प्रहरी राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसमेतको सहभागिता थियो । बैठकमा राजस्व चुहावट नियन्त्रण गर्नका लागि विभिन्न १०वटा निर्णय गर्दै हरेक महिना यस्तै उच्चस्तरीय  समीक्षा बैठक बस्ने निर्णय समेत गरिएको छ ।

    बैठकले प्रहरीले मालवाहक गाडी, मालवस्तु  र मानिससहित पक्राउ गरी बुझाउन ल्याउँदा सोको पूर्व जानकारी  राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई अनिवार्यरूपमा गराउनुपर्ने व्यवस्था गरेको छ । साथै बैठकले बजार अनुगमन तथा गस्तीलाई तीव्र बनाउने समेत निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij