Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

आजको मौसम कस्तो रहला त ?


नया सडक

२०८१, जेठ २५ शुक्रबार

  • 522
    Shares

  • आजको मौसम कस्तो रहला त  ?

    काठमाडौं ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरू र  बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस