Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

राजस्व अनुसन्धान विभागद्वारा बैशाख मसान्तसम्म कुल साढे १३ अर्ब बढी बिगो सजाय मागदाबीसहित ९२ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा बैशाख मसान्तसम्म कुल साढे १३ अर्ब बढी बिगो सजाय मागदाबीसहित ९२ मुद्दा दायर

  • काठमाडौं । राजस्व अनुसन्धान विभागले चालु आवको १० महिनामा  राजस्व चुहावट तथा विदेशी विनिमयतर्फको कुल साढे १३ अर्ब बढी बिगो सजाय मागदाबीसहित  ९२ मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले प्रतिवेदनमा यस्तो जनाएको हो ।

    विभागका अनुसार राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ दायर गरिएको मुद्दामा बिगो ६ अर्ब ४५ अर्ब ८१लाख रुपैया कायम गरिएको छ ।९२ मुद्दामा विभागले २सय २ जनालाई प्रतिवादी बनाएको छ । सो मुद्दामा सजाज मागदाबी रकम  ७ अर्ब ३० करोड ३३ लाख कायम गरिएको विभागले जनाएको छ ।

    विभागको सोही प्रगति विवरण अनुसार धरौटी(लेखी पठाउने÷राजस्व रकम) माग दाबी तर्फ १८ करोड ४७ लाख ५ हजार रहेको उल्लेख गरिएको छ ।भीसीटीएस तर्फ ८सय १८ कम्पनी फर्म संख्या रहेको जनाउँदै विभागले सोको जरिवाना रकम ३ करोड २० लाख ९४ हजार रहेको उल्लेख गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij