Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राजस्व अनुसन्धान कार्यालय कोहलपुरको मनपरी : बिना अनुमति व्यवसायीका कागजपत्र नियन्त्रणमा , उद्योगी / व्यवसायी मर्कामा , के हेर्दै छ विभाग ?


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 1.1k
    Shares

  • राजस्व अनुसन्धान कार्यालय कोहलपुरको मनपरी :  बिना अनुमति व्यवसायीका कागजपत्र नियन्त्रणमा , उद्योगी / व्यवसायी मर्कामा , के हेर्दै छ विभाग ?

    बाँके । राजस्व अनुसन्धान कार्यालय कोहलपुरले व्यवसायीहरूलाई दुःख दिएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरले उद्योगी व्यवसायीहरूलाई फोन गर्दै कार्यालयमा बोलाउने , फिल्डमै गएर बिना पत्र÷ पुर्जी व्यवसायिक फर्महरूका कागजपत्र नियन्त्रणमा लिने गरेर उद्योगी व्यवसायीहरूलाई दुःख दिएको हो ।

    राजस्व अनुसन्धान कार्यालय कोहलपुरले विगत एक महिना यतादेखि उद्योगी व्यवसायीहरूलाई यसरी नै जबरजस्ती कार्यालयमा बोलाउने र विभिन्न बहानामा अतिरिक्त रकम असुल्ने गरेको एक व्यवसायीले नाम र कम्पनीको नाम नबताउने शर्तमा नया सडकलाई बताए ।

    उनले राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पछिल्लो समय बिना कारण  व्यवसायीहरूलाई  अनावश्यक दुःख दिने गरेको र व्यवसायीलाई अनावश्यक झन्झट पैदा गर्ने गरेको बताए ।  कोहलपुर कार्यालयले निश्चित मान्छे परिचालन गरेर व्यवसायीहरूलाई दुख दिएको नेपालगञ्जका एक व्यवसायीले बताए ।

    राजस्व अनुसन्धान कार्यालयहरूले कार्यालय अन्तर्गतका उद्योगी व्यवसायी वा अन्य कुनै पनि सेक्टरमा राजस्व चुहावट ,विदेशी मुद्राको कारोबार /अपचलन तथा राजस्व चुहावटसम्बन्धी अन्य कुनै गतिविधि भएको सूचना वा जानकारी भए र उनीहरूमाथि कारबाही गर्नुपर्ने भए  अनिवार्यरूपमा विभागका महानिर्देशकसँग  अनुमति लिनुपर्ने हुन्छ ।

    तर राजस्व अनुसन्धान कार्यालय कोहलपुरले झण्डै दुई दर्जन भन्दा बढी व्यवसायीहरूलाई बिना अनुमति फोन गर्दै कार्यालयमा बोलाउने, बिना अनुमति उद्योगी व्यवसायीका कागजपत्र नियन्त्रणमा लिने गरेको व्यवसायीहरूको गुनासो छ ।

    यससम्बन्धमा राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख तीर्थ खनालले मैले पनि विभिन्न व्यक्तिहरूबाट  यस्तो कुरा सुनेको बताउँदै राजस्व अनुसन्धान कार्यालय कोहलपुका केही कर्मचारीहरूबाट यस्तो भएको हुनसक्ने बताए । उनले अविलम्ब खास कुरा के हो पता लगाउने पनि नया सडकसँग बताए ।

    प्रतिक्रिया दिनुहोस