Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

राष्ट्रिय अनुसन्धान विभागमै नकली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने विरुद्ध मुद्दा दायर

राष्ट्रिय अनुसन्धान विभागमै नकली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने विरुद्ध मुद्दा दायर

  • काठमाडौं ।राष्ट्रिय अनुसन्धान विभागमै नकली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नकली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको जनाएको छ । 

    सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नकली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको दाबी छ ।अख्तियारले नकली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij