काठमाडौं । राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकाहरुलाई निर्देशन दिइएको छ ।
बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।
लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुमा संलग्न निकायबीच समन्वयको अभाव हुने गरेको विषय सार्वजनिक हुँदै आएका छन् ।
राजस्व चुहावट र राजस्व छलीका समाचार प्रमुताका साथ नयाँ सडकले उठाउँदै आएको हो । यस्ता समाचारमा राजस्व छली र चोरी तस्करी रोक्नका लागि परिचालित सरकारी नियोगहरूबीच समन्यको खाँचो उठ्दै आएका छन् ।
यस्ता विषयमा ध्यानाकर्षण गर्र्दै गृहमन्त्री लामिछानेले सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकताको अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएकोे बताए ।