Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

सरकारले ढुवानीमा नयाँ सवारी कर लगाउँदा मालवस्तु महँगो हुने चिन्ता, ग्यास बुलेट भन्सारमा रोकिए


नया सडक

२०८१, जेठ २९ मंगलबार

  • 495
    Shares

  • सरकारले ढुवानीमा  नयाँ  सवारी कर लगाउँदा मालवस्तु महँगो हुने चिन्ता, ग्यास बुलेट भन्सारमा रोकिए

    काठमाडौं । सरकारले ढुवानीमा नयाँ सवारी कर लगाउँदा मालवस्तु महँगो हुने चिन्ता बढ्न थालेको छ ।साथै सरकारले बजेटमार्फत लगाइएको नयाँ करका कारण ग्यास बुलेट भन्सारमा रोकिएका छन्। ढुवानीका भारतीय सवारी साधनमा लगाइएको १ हजार ५०० रुपैयाँ अतिरिक्त शुल्क कसले तिर्ने भन्नेमा अन्योल भएपछि ग्यास बुलेट भन्सारमा रोकिएका हुन्।

    आइतबारदेखि ग्यास बुलेटमा लाग्ने १ हजार ५०० रुपैयाँ अतिरिक्त शुल्क भन्सारले प्रज्ञापनपत्रमै समावेश गर्न थाले पछि विवाद चर्किन पुगेको छ । यसले अतिरिक्त शुल्कको भार नेपाल आयल निगमले ब्यहोर्नु पर्नेछ । निगमले भने यसबारे अहिलेसम्म केही निर्णय गरेको छैन। अतिरिक्त शुल्कको अन्योलले ग्यास बुलेट भन्सारमा रोकिएका हुन्। व्यवसायीहरुका अनुसार नाकामा ३५ देखि ४० वटा ग्यास बुलेटको भन्सार पास भएको छैन।

    पेट्रोलियम ट्यांकर व्यवसायी महासंघका अध्यक्ष मनोज दासले जानकारी सार्वजनिक गरे अनुसार शनिबारसम्म सो  शुल्क ढुवानीकर्ता अर्थात ग्यास उद्यमीले तिरिरहेकोमा  आइतबारबाट निगमलाई उक्त बिल पास भएको छ। ग्यासको भन्सार पास निगमले गराउने व्यवस्था छ।

    यसअघि अतिरिक्त शुल्कको व्यवस्था थिएन। ढुवानीका भारतीय सवारी साधनले ७२ घन्टासम्म नेपालभित्र कुनै शुल्क तिर्नु पर्दैनथ्यो।
    निगमले अतिरिक्त शुल्कको विषयमा कुनै निर्णय नगर्दा यो विवाद चर्किएको हो ।सरकारले आइतबारदेखि ढुवानीको उक्त १ हजार ५०० रुपैयाँ लागत बढाएर प्रज्ञापनपत्र पठाएको बताउँदै भन्सारका अधिकारीहरूले आफूहरूले केही गर्न नसक्ने भन्दै निरीहता प्रकट गरिरहेका छन् ।
    उनीहरूका अनुसार सरकारले यसमा स्पष्ट व्याख्या नगरिदिएकोले समस्या उत्पन्न भएको छ ।सोमबार आएका कुनै पनि ग्यास बुलेट भन्सार पास भएका छैनन्। यो विषयमा निगम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गर्ने तयारीमा छ।

    निगमले भारतबाट मासिक २ हजार २५० वटा ग्यास बुलेट ल्याउने गरेको छ। अर्थात भन्सारमा अब मासिक ३३ लाख ७५ हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्छ। यो रकम वार्षिक करिब ४ करोड रुपैयाँ हुन्छ।

    ग्यास बुलेटबाहेक भारतीय सवारीसाधनमा धेरै सामान आयात हुन्छ। भारतीय व्यवसायीले १ हजार ५०० रुपैयाँ अतिरिक्त शुल्कका कारण विभिन्न कारण देखाएर ढुवानी भाडा बढाउन थालेका छन्।बजेटपछि भारतीय सवारीसाधनले २ हजारदेखि २ हजार ५०० रुपैयाँसम्म भाडा बढाएर पठाउन थालेको ढुवानी व्यवसायी बताउँछन् ।यसले गर्दा मालवस्तुको मूल्य वृद्धि हुनेमा शंका नरहेको व्यापारीहरू बताउने गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस