Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

वर्षाले खाँदबारी–नुम सडकमा क्षति


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 438
    Shares

  • वर्षाले खाँदबारी–नुम सडकमा क्षति

    खाँदबारी ।कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर  क्षेत्रमा  वर्षाले क्षति भएको छ ।

    यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले राससलाई बताउनुभयो । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।
     
    वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।  वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उहाँले जानकारी दिनुभयो ।  

    प्रतिक्रिया दिनुहोस