Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सरकारी स्कूलका सटरमा सञ्चालित व्यवसाय तत्काल बन्द नगराउन उच्च अदालत पाटनको आदेश

सरकारी स्कूलका सटरमा सञ्चालित व्यवसाय तत्काल बन्द नगराउन उच्च अदालत पाटनको आदेश

  • काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।काठमाडौं महानगरपालिकाले महानगर भित्रका सरकारी स्कूलको जग्गामा बनेका सटर कोठामा सञ्चालन हुँदै आएका व्यवसायमा तालाबन्दी गर्न थालेपछि त्यस विरुद्ध दायर रिटमा यस्तो आदेश गरिएको हो ।

    न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नगर प्रहरीले व्यवसायीहरुका सटर तान्दै ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । उच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफल गर्न दुवै पक्षलाई ७ असारमा छलफलका लागि बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij