Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

फर्निचर तथा फर्निसिङ एक्स्पोको सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने

फर्निचर तथा फर्निसिङ एक्स्पोको सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने

  • काठमाडौ । दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । बिहीबार एक कार्यक्रमका बीच आईएनआई सिनेमाका प्रबन्ध निर्देशक भिमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको (पार्टनरशीपं)अवलोकनकर्ताहरु लाभान्वित हुने भएका छन ।

    हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्धेश्यका साथ बिहीबार दुई संस्थाका बीचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता अनुसार आगामी असोज २ देखि ५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने दशौं संस्करणको फर्निचर एक्स्पोका अवलोकनकर्ताहरुले दैनिक रुपमा गोलाप्रथाबाट आईएनआई सिनेमाको टिकट पाउने छन् । प्रचार प्रसारका साथै सेवाग्राहीलाई चाडपर्वको समयमा सिनेमा हेर्दा सहुलियत होस् भन्नका लागि यस्तो सम्झौता गरिएको आईएनआई सिनेमाका सञ्चालक गृहेन्द्र मुनंकर्मीले बताए । ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५ गतेसम्म तदनुसार सेप्टेम्बर १८ देखि २१ सम्म एक्स्पो आयोजना गर्दैछ । एक्स्पोका संयोजक सम्येक मान सिंहका अनुसार पहिलो पटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुल्ला बजार पनि सञ्चालन हुनेछ ।

    २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरुले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । किस्ताबन्दीका साथै धेरैभन्दा धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरिने पनि उनले जानकारी दिए । असोज २ देखि १० दिन सम्म फर्नेक्स २४ डट इभेण्ट सोलुसन नेपाल डटकमडटएनपी डोमेनमा आयोजना हुने भर्चुअल एक्स्पोमा मात्र पनि सहभागिता जनाउन सकिनेछ । एक्स्पोको स्टल बुकिङ गत महिनादेखि नै खुल्ला भईसकेको छ । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्नेछ भने ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरु उपलब्ध गराउन भूमिका खेल्ने विश्वास आयोजकको छ । साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्ने एक्स्पोको उद्देश्य छ । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij