Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

गर्मी  बढेसंगै राजधानीका स्विमिङ पुल खचाखच भरिए


२०८१, जेठ ३२ शुक्रबार

  • 1.1k
    Shares

  • गर्मी  बढेसंगै राजधानीका स्विमिङ पुल खचाखच भरिए

    काठमाडौ । गर्मी  बढेसंगै राजधानीका स्विमिङ पुल खचाखच भरिएका छन ।  पछिल्लो केही दिनयता काठमाडौंमा गर्मी अत्यधिक बढेको छ । जेठ ३१ गते राजधानीमा नौ वर्ष यताकै अत्यधिक तापक्रम मापन गरियोे । गर्मीको बेला स्वीमिङ खेल्दा शारीरिकदेखि मानसिक स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा सरकारी तथा निजी संस्थाले चलाएका स्विमिङ पुलमा  घुइँचो बढेको छ । बज्रबाराहीमा रहेको फुलबारी स्विमिङ पुलमा  घुइँचो बढेको प्रशिक्षक संजय श्रेष्ठ ले बताए ।

    सामान्य दिनमा २५० देखि ३०० जना ले सेवा लिईरहेको उनले नयां सडकलाई  बताए । विगत दश वर्षदेखि चलिरहेको उक्त पुलले एक जनाको ३५० र दश वर्ष मुनिकालाई  २५० का दरले  पौडी सेवा उपलब्ध गराइरहेको छ । तर स्विमिङ सिक्न चाहनेहरुका लागि छुट्टै प्याकेजको व्यवस्था गरेको छ । ग्रुपमा आउनेका लागि पनि विशेष छुटको व्यवस्था  रहेको प्रशिक्षक श्रेष्ठले बताए । प्रशिक्षक श्रेष्ठका अनुसार योपटक धेरै स्कुलका विद्यार्थीले सेवा लिएको जनाए ।

    प्रतिक्रिया दिनुहोस