Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

काठमाडौंमा कबाड व्यवसायीहरूको विरोध प्रदर्शन


नया सडक

२०८१, असार २ आइतबार

  • 543
    Shares

  • काठमाडौंमा  कबाड व्यवसायीहरूको विरोध प्रदर्शन

    काठमाडौं । कबाड व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउन गरेको  निर्णय विरुद्ध उनीहरूले  विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले आइतबार माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे  ।

    कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेका थिए ।

    आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएकोले आन्दोलन गर्नु परेको व्यवसायीहरू बताउँछन् ।महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।

    महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र रहेको र ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको छ ।

     

    प्रतिक्रिया दिनुहोस